Techie IT
Mission Khabar

एसिड पीडितका पक्षमा प्रधानमन्त्रीका पाँच घोषणा


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणमा परेकाहरुको पक्षमा ५ महत्वपूर्ण घोषणा गरेका छन् ।

प्रधानमन्त्री ओलीले दिएका पाँच निर्देशन र प्रतिबद्धता यस्ता छन् ।

एक : एसिड आक्रमण नियन्त्रण र खुला विक्री वितरणलाई नियमन गर्न कानूनमा देखिएको समस्या सम्बोधन गर्ने गरी १५ दिनभित्र मस्यौदा बनाउन निर्देशन
दुई : सजाय कम भएको गुनासो जायज भएको भन्दै यसलाई कानून बनाउँदा सम्बोधन गर्न निर्देशन
तीन : एसिड अक्रमणका घटनालाई निरुत्साहित गर्न नयाँ कानूनबारे प्रचात्मक अभियान चलाउन निर्देशन
चार : एसिड आक्रमणमा परेकाहरुको उपचार निःशुल्क गर्ने प्रतिबद्धता
पाँच : एसिड आक्रमणमा परेकाहरुले चाहेको अध्ययन वा उद्यम गर्न सरकारले सहयोग गर्ने प्रतिबद्धता

एसिड आक्रमणका घाइतेको निशुल्क उपचारका लागि वीर, त्रिवि शिक्षण, पाटन र कीर्तिपुर अस्पताल तोकिएको जानकारी दिएका प्रधानमन्त्री ओलीले सेप्टेम्बर १० लाई एसिड आक्रमण विरुद्धको जागरण दिवसका रुपमा मनाउने घोषणा गरेका थिए ।

महान्यायाधिवक्ता खरेलले पीडितहरुको पीडालाई बुझेर सजाय बढाउनेगरि एसिड खरिद बिक्रीको निमयन गर्न एउटा र एसिड आक्रमणको सजायबारे छिट्टै अर्को कानून आउने जानकारी दिए ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्