Techie IT
Mission Khabar

उपत्यकामा निषेधाज्ञा खुकुलो, भीडभाडले बढाउँदै जोखिम


काठमाडौं । उपत्यकामा लकडाउन खुकुलो पारिएसँगै भीडभाड बढ्न थालेको छ । बिहीबारदेखि १६ सिट क्षमताभन्दा माथिका सार्वजनिक यातायातका साधन सञ्चालन भएका छन् भने अघिल्लो दिनको तुलनामा बजार पसल समेत बढी खुलेका छन् ।

शुक्रबार समेत यहि क्रमले निरन्तरता पाएको छ । अझ शुक्रबार बिहिबारको तुलनामा केही बढी सार्वजनिक सवारी साधन चलेका छन् । पसल र बजारमा समेत क्रमिक रुपमा भीडभाड बढेको छ । चहलपहलसँगै भीडभाड बढ्दा कोरोनाको जोखिम समेत बढेको छ । कतिपय स्थानमा भौतिक दूरी कायम नभएको, माक्स नलगाएका दृश्यहरु समेत देखिएका छन् । सार्वजकि सवारी र नीजि सवारीमा जोरबिजोर प्रणाली लागू गरेर भीडभाड नियन्त्रणको प्रयास गरिएपनि प्रभावकारी देखिएको छैन । बिहिबार मात्रै पनि जोरबिजोरको निर्णय उल्लंघन गरेका कारण हजारौँ सवारीसाधन कारबाहीमा परेका थिए ।

शुक्रबार बिहानैदेखी सुरक्षा जाँचलाई कडा बनाइएको छ । उपत्यकामा सञ्चालित डिपार्डमेन्टल स्टोर र सपिङ मलmाई भने सातामा तीनदिन आइतबार मंगलबार र बिहिबार खोल्न छुट दिइएको छ । डेरी, खाद्य तथा तरकारी पसल दुई सिफ्टमा खोल्न छुट दिएसँगै पसल र बजारमा सर्वसाधारणको भीडभाड बढेको छ ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्