Techie IT
Mission Khabar

प्रकृतिक विपद्बाट पाँच महिनामा ३४८ ले गुमाए ज्यान, कोरोना कहर जारी


काठमाडौं । कोरोना कहर जारी नै रहँदा बाढी, पहिरो र चट्याङका घटनामा परी वैशाख १ गतेयता ३४८ जनाले ज्यान गुमाएका छन् भने ८५ जना बेपत्ता भएका छन् ।

विपद्को घटनामा परी ३९७ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०७७ वैशाख १ गतेदेखि भदौ २५ गतेसम्म पहिरोका घटनामा परी २५० जनाले ज्यान गुमाएका छन् । पहिरोमा परी ४९ जना बेपत्ता भएका तथा १९१ जना घाइते भएका छन् । बाढीमा परी हालसम्म ३९ जनाको मृत्यु भएको छ भने ३६ जना बेपत्ता भएका छन् । बाढीमा परेर हालसम्म ११ जना घाइते भएका छन् । यसैगरी चट्याङ लागेर ५९ जनाको मृत्यु भएको छ भने १९५ जना घाइते भएका छन् ।

कोरोना संक्रमित ५० हजारबाट उकालो लाग्दा यसैको संक्रमणबाट ज्यान गुमाउनेको संख्या समेत ३१७ पुगेको छ ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्