Techie IT
Mission Khabar

प्राइम टाईम्स टेलिभिजनका दृश्य सम्पादन अनिल गौतमको सवारी दुर्घटनाबाट निधन


काठमाडौं। प्राइम टाईम्स टेलिभिजनका बरिष्ठ दृश्य सम्पादक अनिल गौतमको सडक दुर्घटनामा परी निधन भएको छ । कार्यालयबाट घर फर्किने क्रममा शुक्रबार राती गौतम सवार बा २९ प १४७९ नम्बरको मोटरसाईकललाई प्रदेश ३ ०१ क ४५६३ नम्बरको टिपरले तिनकुने मुनिभैरव, कोटेश्वरमा ठक्कर दिँदा गौतमको घट्नास्थलमा निधन भएको हो ।

घटना घटे लगत्तै काठमाडौंको बानेश्वरमा रहेको सिभिल अस्पताल ल्याईएपनि को अस्पताल ल्याउनुअगावै उनको निधन भैसकेको चिकित्सकले जानकारी दिएका थिए । पोष्टमार्टमको लागि गौतमको शव त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ । जहाँ प्राइम टिभीका अध्यक्ष ऋषि धमला, सिईओ निर्जल श्रेष्ठ लगायत सहकर्मीहरुले पुगेर परिवारजनमा सहानुभुति अर्पण गरेका छन् ।

५२ वर्षीय गौतम भक्तपुरको कौशलटारमा सपरिवार बस्दै आएका थिए । चलचित्र क्षेत्रमा समेत काम गरेका गौतम विगत लामो समयदेखि विभिन्न मिडियामा कार्यरत थिए ।
का थिए ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्