Techie IT
Mission Khabar

जापानको मियागी क्षेत्रमा ६.१ म्याग्निच्युडको भूकम्प, भूगर्भविद भन्छन् थप जोखिम छैन


सुनिता अधिकारी, फुकोउका । जापानको मियागी क्षेत्रमा आज ६.१ म्याग्निच्युडको भूकम्प गएको छ । जापानस्थित भू–गर्भ क्षेत्रमा कार्यरत अधिकारीका अनुसार स्थानीय समयअनुसार विहान ११.४४ बजे मियागी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो ।

भू–गर्भविद्हरुका अनुसार भूकम्पको कम्पन जमिनको ४० किलोमिटर गहिराइबाट आएको थियो । अहिले आएको भूकम्पले कुनै मानविय र भौतक क्षति भए नभएको विवरण प्राप्त नभएको र तत्काल कुनै आँधीको सम्भावना पनि नदेखिएको विज्ञहरुले बताएका छन् । एसियाको विकसित मुलुक जापान मुकम्का हिसाबले उच्च जोखिममा रहेको मुलुक हो । जहाँ हरेक वर्ष धेरै जनधनको क्षति हुने गरेको छ ।


क्याटेगोरी : देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्