विषाक्त स्यानिटाइजर उत्पादन गर्ने पाँच उद्योग कारबाहीमा, मेथानोलयुक्त स्यानिटाइजर हानिकारक
काठमाडौं । विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने काठमाडौं र भक्तपुरका पाँच वटा उद्योग कारबाहीमा परेका छन् । औषधि व्यवस्था विभागको प्रयोगशालमा गरिएको परीक्षणमा मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गरेको पाइएपछि काठमाडौंस्थित हाइजिन सोप एण्ड केमिकल प्रालि, आधार केमिकल एण्ड फुड इन्डष्ट्री, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्स र भक्तपुरको नेपाल कायाकल्प उद्योगमाथी कानुनी कारबाही अघि बढाइएको हो ।
औषधि व्यवस्था विभागले यी उद्योगहरुबाट उत्पादित ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर ओरिजिनल’, ‘एडभान्स््ड ह्यान्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसिङ जेल’ र ‘सूर्यमुखी ह्याण्ड स्यानिटाइजर’ प्रयोग नगर्न आम उपभोक्तालाई आग्रह गरेको छ । विभागका अनुसार यी स्यानिटाइजरहरुमा विषाक्त रसायन मेथानोल समावेश गरेको पाइएको छ । विभागले जारी गरेको सूचनामा विषाक्त रसायन मेथानोलले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने उल्लेख छ । विभागका अनुसार स्यानिटाइजरमा इथानोल बाहेकका अन्य केमिकल प्रयोग गर्नु हानिकारक मानिन्छ ।
औषधि व्यवस्था विभागले जारी गरेको सूचना यस्तो छ
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्