नेपालमा कोरोना : ५३ हजार १२० संक्रमित, ३३६ जनाको मृत्यु
१२ सय १ संक्रमित थपिदा काठमाडौं उपत्यकामा मात्रै ४३१ जना

काठमाडौं । पछिल्लो २४ घण्टामा १२ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ।
सक्रिय संक्रमित र उपचारको अवस्था
शनिबार साँझसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। संस्थागत आइसोलेसनमा ९ हजार १०७ जना र होम आइसोलेसनमा ६ हजार १५३ जना रहेका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट ८५२ जना डिस्चार्ज भएसँगै नेपालमा कोरोना जित्नेको संख्या ३७ हजार ५५४ पुगेको छ । नेपालमा ७०.६ प्रतिशतले कोरोना जितेका छन् ।
परिक्षणको अवस्था
पछिल्लो २४ घण्टामा १० हजार १७६ जनाको आरटी पीसीआर गरिएको छ। योसँगै हालसम्म नेपालमा ८ लाख ३१ हजार ३६५ जनाको आरटी पीसीआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । हाल क्वारेन्टिनमा ६ हजार ३५४ जना रहेका छन्।
कोरोनाबाट ३३६ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ३६ पुगेको छ। पछिल्लो एक महिनादेखि दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ । शुक्रबार मात्र पनि ५ जनाको कोरोनाका कारण मृत्यु भएको थियो।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #breaking
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्