Techie IT
Mission Khabar

अक्सफोर्डको रोकिएको कोरोना विरुद्धको खोप पुनः मानवीय परिक्षणमा


एजेन्सी । अक्सफोर्ड विश्वविद्यालयले एस्ट्राजेनेकासँगको सहकार्यमा बनाएको कोरोना भाइरसविरुद्ध खोपको रोकिएको अन्तिम चरणको मानवीय परीक्षण पुनः सुरु हुने भएको छ ।

खोप दिइएका व्यक्तिमा गम्भीर प्रतिक्रिया (साइड इफेक्ट) देखिएपछि रोकिएको तेस्रो चरणको बिस्तारित मानवीय परीक्षण पुनः सुरु गर्ने तयारी भएको खोप निर्माताले जानकारी दिएको हो ।

खोपको परीक्षण पुनः सुरु गर्ने तयारी भइरहेको बताएको एस्ट्राजेनेकाले गएको मंगलबार गम्भीर रियाक्सन खोपसँग सम्बन्धित हो वा होइन भन्ने बारे अध्ययन भइरहेको जानकारी दिएको थियो ।

बेलायतमा भइरहेको तेस्रो चरणको बिस्तारित मानवीय परीक्षणको क्रममा खोप दिइएका व्यक्तिमा गम्भीर प्रतिक्रिया (रियाक्सन) देखिएपछि तत्कालका लागि भन्ददै परीक्षण रोकिएकोमा शनिबार अक्सफोर्ड विश्वविद्यालयले खोपको परीक्षण गर्न सुरक्षित रहेको निष्कर्ष निकालेसँगै चाँडै तेस्रो चरणको परीक्षणलाई पुनः निरन्तरता दिइने बताएको छ ।

बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले खोपको परीक्षण पुनः सुरु गर्ने कुराको स्वागत गरेका छन् । खोप परीक्षणको रोकले मानिसको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेको उनको दाबी थियो ।

खोपको बिस्तारित परीक्षणको क्रममा केही मानिसमा गम्भीर रियाक्सन देखिने र बिरामी पर्ने सम्भावना हुने बताउँदै विश्वविद्यालयले अहिले पनि त्यहि भएको उल्लेख गरेको छ । तर यसलाई सामान्य प्रकृयाका रुपमा लिनुपर्ने बताएको छ ।

कोरोना भाइरसविरुद्धको खोपको परीक्षण भइरहँदा त्यसको नतिजालाई विश्वले नियालिरहेको छ। यतिबेला चीन, बेलायत,फ्रान्स लगायतका खोप मानवीय परिक्षणका चरणमा छन् ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्