Techie IT
Mission Khabar

सिन्धुपाल्चोकमा पहिरो : ३ जनाको मृत्युु,२४ बेपत्ता


काठमाडौं । सिन्धुपाल्चोकमा बाढी पहिरोको फेरि अर्को विपत्तिमा परेर ३ जनाको मृत्युु भएको छ भने २५ जना वेपत्ता भएका छन् । जिल्लाको बाह्रविसे नगरपालिकाका नागपुजे र भिरखर्कमा १२ घरहरु पहिरोमा पुरिदा ३ जनाको मृत्यु भएको र २४ जना बेपत्ता भएका हुन ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले क्षतिको एकिन विवरण आइनसकेको जानकारी दिए । घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पुुुुगेर उद्दार कार्य जारि राखेका छन् । बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले बेपत्ताको खोजी तथा उद्दारलाई जारी रहेको बताए । गएरातिदेेेखिको पानीका कारण उद्दारमा समस्या देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको थियो ।बलेफी र जलविरेमा जलसतह सतर्कता तहसम्म पुगेको र यो बढ्दो क्रममा रहेको केन्द्रले जनाएको छ । साथै भोटेकोशी, इन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका अन्य साना नदीमा आकस्मिक बहाव हुन सक्ने र पहिरो जान सक्ने भएकाले आज बिहान १० बजेसम्म सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।

सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक बाढी र पहिरो आउँदा ठूलो मानवीय क्षति भएको छ । गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्