Techie IT
Mission Khabar

सिन्धुपाल्चोक पहिरो अपडेट : ११ जनाको मृत्यु, २० वेपत्ताको खोजी कार्य जारी


काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेका तीन गाउँमा गएको पहिरोबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । प्रहरीले हालसम्म ११ जनाको शव फेला पारेको जानकारी दिएको हो ।

स्थानीय प्रहरीका अनुसार ६ महिला, तीन पुरुष, एक बालक र एक बालिकाको शव भेटिएको छ । वडा नम्बर ७ का भक्तिमाया श्रेष्ठ, जुनु विक, सुकलाल विक, सन्देश विक, सर्किनी नेवार, धनलाल नेवार, हिरामाया नेवार, ट्याक्सी शेर्पा र ज्ञानीमाया प्रधान रहेका छन् । अन्य दुई जनाको समेत शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार २० जना अझै बेपत्ता छन् भने ६ जनाको जिवितै उद्दार गरेर उपचारका लागि अस्पताल पठाइएको छ ।

बेपत्ता हुनेमा भिरखर्कका तीनजना, नाकपुछेका १६ र नेवार टोलका १ जना रहेका छन् । आइतबार बिहान सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ स्थित भिरखर्क, नाकुचे र केम्बे गाउँमा गएको पहिरोले २२ घर पुरेको थियो । इलाका प्रहरी कार्यालय बाह्रबिसे, जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, नेपाली सेना र सशस्त्र प्रहरीले अझै उद्धार कार्य जारी राखेका छन् ।


क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्