कोरोना अपडेट : देशभर १ हजार २९ संक्रमित थपिदा, ९ जनाको मृत्युु (विवरण सहित)
देशभर कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुग्दा ३८ हजार ६९७ ले जिते कोरोना
काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५ सय ९७ सहित देशभर १ हजार ३९ संक्रमित थपिएका छन् ।२४ घन्टामा ९ हजार १६५ पीसीआर परीक्षण गर्दा यी संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन् ।
काठमाडौं ४८३, भक्तपुर ८१ र ललितपुर ३३ जना संक्रमित थपिएका छन् ।हालसम्म ८ लाख ४० हजार ५ सय २७ पीसीआर विधिबाट परीक्षण भएका छन् ।आइतबार अपराह्नसम्मको तथ्यांकअनुसार आइसोलेसनमा उपचारमा रहनेको संख्या १५ हजार १ सय १७ र क्वारेन्टाइनमा ६ हजार ५ सय ३६ जना रहेका छन् ।
२४ घन्टाको अवधिमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३४५ पुगेको छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्