यातायात कार्यालयमा भीडभाड, बढ्दै कोरोनाको त्रास

काठमाडौं । कोरोना महामारी रोकथामका लागि भन्दै सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाका कारण गत चैतदेखि देखी निरन्तर प्रभावित हुँदै आएको सरकारी कार्यालय खुल्दा सेवाग्राहीको भीडभाड देखिन थालेको छ ।
दैनिकजसो सेवाग्राहीको चाप हुने यातायात कार्यालयहरुमा लामो समयसम्म रोकिएको चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण सेवा खुलेसँगै भीडभाड देखिएको हो । आइतबार काठमाडौं उपत्यका सहित देशका अधिकांश यातायात कार्यालयमा सेवाग्राहीको चाप देखिएको थियो । कार्यालयले भिड हुँदा सेवाग्राहीबीच भौतिक दूरी कायम गर्न मार्किङ गरेको र बेलाबेलामा सचेत गराउने काम भएपनि नियम पालना भएको देखिँदैनथ्यो ।
काठमाडौंको सुकेधारा, एकान्तकुना, सानो भर्याङ, जगातीका यातायात सेवा कार्यालयमा अन्यको तुलनामा बढी नै भीडभाड देखिएको छ । भौतिक दूरी कायम गर्न सेवाग्राही नै सचेत नबन्दा कोरोनाको जोखिम बढेको छ ।
क्याटेगोरी : देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्