नेपाल वायुसेवा निगमका वरिष्ठ पइलट विजय लामा कसरी बने कोरोना संक्रमित ?

काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण देखिएको छ । स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा क्याप्टेन लामालाई कोरोना पुष्टि भएको हो । आइतबार स्वाब दिएका आमा रिपोर्ट आएसँगै सोमबार बिहानदेखी सोल्टी होटलको आइसोलेसनमा भर्ना भएका छन् । उनीसँगै नेपाल वायुसेवा निगमको वाइडबडी जहाज उडाएका बेलायती क्याप्टेन उदय कोल्हात्करलाई समेत संक्रमण पुष्टि भएको छ । पछिल्लो पटक तीन दिनअघि दुबै क्याप्टेनले शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट अफ्रिकी मुलुक दक्षिण सुडान लगेका थिए । लामाले सामाजिक सञ्जाल मार्फत आफू सोल्टीको आइसोलेसन भर्ना भएको र बेलायती क्याप्टेन कोल्हात्कर समेत सँगै रहेको बताएका छन् । स्वास्थ्य सावधानीमा विशेष सजगता अपनाएका क्याप्टेन द्धय कसरी संक्रमित बन्न पुगे संक्रमण श्रोत एकिन हुन सकेको छैन ।
क्याटेगोरी : जीवन भोगाई, देश / प्रदेश
ट्याग : #hot, #आइसोलेसनमा, #कोरोना संक्रमण, #नेपाल वायुसेवा निगम, #वरिष्ठ पाइलट विजय लामा, #वाइडबडी जहाज
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्