Techie IT
Mission Khabar

सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प, काठमाडौंमा भागाभाग


काठमाडौं । काठमाडौंमा बुधबार बिहानै भुकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ । सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जिल्लामा हालसम्म कुनै क्षतिको विवरण नआएको दिए ।

बिहान पाँच बजेर १९ मिनेटमा भूकम्पको धक्का कडा रुपमा महसुस भएसँगै मानिसहरु घर बाहिर निस्केका थिए । काठमाडौँसहित आसपासका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको भन्दै ट्वीटर तथा सामाजिक सञ्जालमा पोस्ट आउन थालेको छ । भूकम्पको धक्का महसुस गर्नेबित्तिकै काठमाडौँ उपत्यकाका सबै क्षेत्रबाट ट्विटहरु आएका छन ।

इएमएसीले ५.५ म्याग्निच्यूडको  नेपाल भारत सीमा क्षेत्र कोदारी आसपास इपीसेन्टर रहेको भूकम्पको कम्पन १० किलोमिटर गहिराईबाट आएको जानकारी दिएको छ । यता, यूएस जिओलोजिकल सर्भेले भने धुम्थाङबाट २ किलोमिटरको क्षेत्रमा इपीसेन्टर बनाएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको उल्लेख गरेको छ । कम्पनको महशुस तथा प्रभाव नेपाल र चीनमा परेको उल्लेख गरेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot, #काठमाडौं, #भूकम्प, #भूकम्प मापन केन्द्र

तपाईको कमेन्ट लेख्नुहोस्