उच्च रेकर्ड बनाउँदै थपिए १ हजार ५३९ संक्रमित (विस्तृत विवरण)

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७ सय ३७ जना सहित देशभर १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कोरोना संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको छ । यो संख्या पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका र देशभर कोरोना संक्रमित पहिचान भएको उच्च रेकर्ड हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार काठमाडौंमा ६ सय ५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहेको छ । सक्रिय संक्रमित मध्ये ८ हजार ५४१ संस्थागत आइसोलेसन र होम आइसोलेशनमा ७ हजार ७०१ जना रहेका छन् । बुधबार १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ८ जनाको निधन भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ७९ पुगेको छ ।
यस्तो छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण-
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking, #covid-19, #कोरोना संक्रमण, #कोरोनाबाट मृत्यु, #पीसीआर परीक्षण, #संस्थागत आइसोलेसन, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #होम आइसोलेशन
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्