Techie IT
Mission Khabar

शुक्रबार नेकपा सचिवालय बैठक, मन्त्री हेरफेर र सांगठनिक एकताको बाँकी काम बारे छलफल


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक शुक्रबार बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजेलाई डाकिएको बैठकमा पार्टीभित्रको आन्तरिक शक्ति समीकरण मिलाउन मन्त्रीहरू हेरफेरको विषयमा छलफल हुने बताइएको छ ।

सचिवालयका एक नेताले आगामी चैत्रमा गर्ने भनिएको महाधिवेशनका लागि पार्टीको सांगठनिक एकताको बाँकी काम टुंग्याउनेदेखि मन्त्रीहरूको हेरफेर लगायतका विषयमा बैठकमा छलफल हुने जानकारी दिए । लामो समयदेखी जारी रहेको नेकपाको बिवाद पछिल्लो समय मथ्थर भएको छ ।

एक अर्का बिरुद्धको आलोचना र टिकाटिप्पणी गर्न प्रतिबन्ध लगाउने तयारी गरिएपनि नेकपाका नेताहरुको आरोप प्रत्यारोपले भने निरन्तरता पाउदै आएको छ ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्