थपिदै संक्रमित र जोखिम, झन झन खुकुलो बन्दै काठमाडौं उपत्यका

काठमाडौं । कोरोना संक्रमितको संख्या दिनहु बढ्दो क्रममा देखिएपनि काठमाडौँ उपत्यकामा लगाइएको निषेधाज्ञा अझ खुकुलो बनाइएको छ । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयहरूले भदौ २४ बाट खुकलो बनाएको निषेधाज्ञा असोज एक बाट थप खुकुलो बनाइएको हो ।
काठमाडौं उपत्यका प्रशासनले यातायातमा जोर बिजोर प्रणालीलाई यथावत राख्दै ब्यवसाय खोल्न तोकिएको बारको प्रतिबन्ध हटाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार बुधबारदेखि अर्को आदेश नभएसम्मका व्यवसाय खोल्न तोकिएको बारको ब्यवस्था हटाइएको छ । यसअघि २४ भदौमा काठमाडौं उपत्यकाभित्र बार अनुसार व्यापार तथा व्यवसाय सञ्चालन गर्न छुट दिइएको थियो ।
मठमन्दिर, मस्जिद, चर्च लगायतका धार्मिक तथा सांस्कृतिक स्थलमा नृत्य पुजाबाहेकका गतिविधि सञ्चालनमा लगाइएको रोकावट भने यथावत नै छ । बढी भिडभाड हुने उद्योग, व्यवसाय अन्तरगतका स्वास्थ्य मापदण्ड विपरित हुने क्रियाकलापहरु गर्न, चाडपर्व लगायतका धार्मिक, सामाजिक र सांस्कृतिक कार्य गर्दा जमघट गर्न र शैक्षिक संस्था सञ्चालन गर्न भने अझै छुट दिइएको छैन । सेमिनार गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, शैलुन, स्पा, स्मिमिङ पुल, जिमखानासहित भीडभाड हुने क्षेत्रमा भने प्रतिबन्ध अझै कायमै छ ।
काठमाडौंको सार्वजनिक यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली भने यथावत नै राखिएको छ ।
यस्तो छ प्रशासनले जारी गरेको निषेध आदेश
क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #breaking, #hot, #काठमाडौं उपत्यका, #कोरोना संक्रमित, #जोर बिजोर प्रणाली, #निषेधाज्ञा खुकुलो, #सार्वजनिक यातायात
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्