Techie IT
Mission Khabar

सेनिटाइजरको गुणस्तर एकिन गरेर मात्र प्रयोग गर्नऔषधी व्यवस्था विभागको अपिल


काठमाडौं । औषधि व्यवस्था विभागले गुणस्तर हेरेर मात्रै स्यानिटाइजरको खरिद र प्रयोग गर्न सबैलाई अपिल गरेको छ। बजारमा मापदण्ड वितरितका मिथानोल जस्ता घातक विषाक्त पदार्थ मिसाइएका स्यानिटाइजर अत्यधिक मात्रामा पाइएपछि विभागले गुणस्तर हेरेर मात्र किन्न र प्रयोग गर्न अपिल गरेको हो।

केही समयदेखी जारी राखेको अनुगमनका क्रममा ज्यान नै लिन सक्ने घातक मिथानोल राखेर स्यानिटाइजर बनाउने र विक्रि वितरण भएको पाइएपछि विभागले उत्पादन कम्पनी दर्ता भएको, मिथानोल प्रयोग नभएको, विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भएको एकिन गरेर मात्रै प्रयोग गर्न सबैमाझ आह्वान गरेको छ । विभागका महानिर्देशक नारायण ढकालले उत्पादन ठेगाना स्पष्ट नभएको, विभागमा दर्ता नभएको लगायतका स्यानिटाइजर प्रयोग नगर्न र विक्रि वितरण भएको पाइए विभागमा जानकारी गराउन आग्रह गर्नुभएको छ ।

कोरोना महामारीको जोखिम बढेसँगै बजारमा स्यानिटाइजरको माग ह्वात्तै बढेको छ । विभागले मिथानोलस्ता विषाक्त पदार्थ प्रयोग भएका र कम गुणस्तरका स्यानीटाइजर विक्रि वितरणमा प्रतिवन्ध लगाएको छ। गतहप्ता ५ र मंगलबार मात्रै थप ४ वटा कम्पनीबाट उत्पादित स्यानिटाइजर गुणस्तरहिन पाइएपछि उत्पादन र विक्रि वितरणमा रोक लगाइएको छ । विभागले प्रतिवन्ध लगाएकामा नेपालमै उत्पादन हुने र विदेशबाट आयात हुने स्यानीटाइजर पनि छन्। विभागले ग्वान्झाउ ओबेपेक्ड फाइन कम्पनी चीन, आर एल इन्डिया गुजरात, सम्पदा हेल्थ केयर ललितपुर र श्रीनाथ हर्बल कस्मेटिक काठमाडौं लगायतका स्यानिटाइजरलाई प्रतिबन्ध लगाएको छ ।

यस्तै, काठमाडौंस्थित हाइजिन सोप एण्ड केमिकल प्रालि, आधार केमिकल एण्ड फुड इन्डष्ट्री, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्स र भक्तपुरको नेपाल कायाकल्प उद्योगबाट उत्पादित सेनिटाइजरमाथी समेत कानुनी कारबाही अघि बढाइएको छ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्