Techie IT
Mission Khabar

उच्च रेकर्ड बनाउँदै थपिए २ हजार २० संक्रमित, ६१ हजार ५९३ मा कोरोना पहिचान हुँदा ३९० को मृत्यु

कोरोना जित्नेको संख्या ४३ हजार ८ सय २०


काठमाडौं । नेपालमा २४ घण्टामा थपिने संक्रमितको उच्च रेकर्ड बनाउँदै एकै दिन २ हजार २० जनामा कोरोना सक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा २हजार २० संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।

काठमाडौं उपत्यकामा थपिएका संक्रमित
पछिल्लो २४ घण्टामा उपत्यकामा थप ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनामा कोरोना पुष्टि भएको छ । विहीबार काठमाडौंमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जना गरी जम्मा ६१८ जना संक्रमित थपिएका थिए ।

शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ पुगेको छ । यी मध्ये ९ हजार २९५ जना संस्थागत आइसोलेसनमा र ८ हजार ८८ जना होम आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा विभिन्न कोभिड अस्पतालबाट ८७१ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या ४३ हजार ८ सय २० पुगेको छ ।

गम्भिर बिरामी २०९
संक्रमितमध्ये १७३ जना आईसीयूमा र ३६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

५ सय भन्दा बढी संक्रमित भएका जिल्ला
मोरङ, सिराहा, सुनसरी, ललितपुर, मकवानपुर, चितवन, काठमाडौं, भक्तपुर र रुपन्देही ।

शून्य संक्रमित रहेको जिल्ला
सोलुखुम्बु, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला र मुगु ।

कोरोनाबाट ३९० जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशका विभिन्न कोभिड अस्पतालमा उपचाररत ७ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ९० पुगेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्