Techie IT
Mission Khabar

संविधान दिवस : यस्तो छ, मानपदवी, अलंकार र पदक पाउने ५९४ को सूची


काठमाडौं । संविधान दिवसको अवसरमा सरकारले ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ । सरकारले सार्वजनिक गरेको सूचीअनुसार ४५३ जनालाई मानपदवी ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिने उल्लेख छ । विभूषण, अलंकार र पदक आगामी संविधान दिवसको दिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट वितरण गरिनेछ ।

राष्ट्रको गौरव बढाउन, उन्नति र कीर्तिमानी राख्न विभिन्न क्षेत्रबाट महत्वपूर्ण योगदान पु¥याउनेहरुलाई सरकारले संविधान दिवसमा सम्मान गर्ने गर्दछ । यसपटक नेपाल रत्न कसैले पाउने छैनन भने सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम) बाट आँखाका वरिष्ठ डा. सन्दुक रुइत सम्मानित हुने भएका छन् । संविधान दिवसको अवसरमा सम्मानित हुनेहरुको सूचीमा १६ जना सन्चारकर्मी समेटिएका छन् । संविधान दिवसमा एक जनालाई नेपाल रत्नसहित राष्ट्र गौरव, राष्ट्रद्वीप, जनसेवाश्रीमा प्रथम, द्वितीय, तृतीय र चौथो बाट सम्मानित गर्ने गरिएको छ ।

मानपदवी, अलंकार र पदक पाउनेको सूची


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्