Techie IT
Mission Khabar

एसिड हिंसा रोक्ने सरकारी प्रयास, नयाँ कानुनले कस्तो कारबाहीको व्यवस्था गर्ला ?


काठमाडौं । एसिड हिंसासम्बन्धी नयाँ कानुनले आगामी केही दिनमै पूर्णता पाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चासो र सक्रियतामा एसिड हिंसाको निरोध र कडा दण्ड प्रावधानसहितको व्यवस्थालाई नयाँ कानुनका रुपमा अन्तिम रुप दिन कानुन आयोग र महान्यायाधिवक्ताबीचको छलफलले तिब्रता पाएको छ ।

भदौ २५ गते प्रधानमन्त्री ओलीले बालुवाटारमा एसिड पीडितहरुसँगको भेटमा १५ दिनभित्र कानूनी मस्यौदा तयार गर्ने प्रतिवद्धता जनाउँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सहितका सरोकारवाला निकायहरूलाई निर्देशन दिनुभएको थियो । एसिड आक्रमणका पीडितहरूमाथि पर्ने मानसिक र शारीरिक असरको प्रभावलाई केन्द्रित गरी अपराधको विभिन्न पक्षलाईसमेत समेटेर कानुन बनाउनुपर्ने राय विज्ञहरुले दिएका छन् । महान्यायाधिवक्ता अग्नि खरेलले प्रस्तावित मस्यौदा उपर विज्ञ र पीडित समेतको राय लिएर छिट्टै अन्तिम रुप दिने बताउनुभएको छ । ९ वर्षअघि पहिलोपटक एसिड आक्रमण भएको नेपालमा गत ४ वर्ष यता यस्ता घटनाले निरन्तरता पाएका छन् ।

अभियन्ता उज्जवलविक्रम थापाको निरन्तरको प्रयास र सचेतना अभियानले पीडितहरुलाई संगठित गरेपछि सरकार कठोर कानुन बनाउने बाध्यतामा परेको छ । विद्यमान कानुनमा एसिड आक्रमणका दोषीलाई केवल ३ देखि ८ वर्षको कैद सजायको व्यवस्था गरिएको छ ।


क्याटेगोरी : देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्