Techie IT
Mission Khabar

नेपालमा ६४ हजार १२२ मा कोरोना पुष्टि हुँदा ४११ जनाको मृत्यु, विदेशमा ज्यान गुमाउने नेपालीको संख्या २४४


काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ ।

यी जिल्लामा थपिए संक्रमित
उदयपुरका १, झापाका ३, तेह्रथुमका १, पाँचथरका २, भोजपुरका १, मोरङका ६३, सुनसरीका ७, धनुषाका २, पर्साका १४, बाराका १, रौतहटका २६, सप्तरीका ५, सर्लाहीका १०, सिरहाका १८, काठमाडौँका ६०२, काभ्रेका २, चितवनका १५, दोलखाका ४, धादिङका २१, नुवाकोटका १, भक्तपुरका १०१, मकवानपुरका २४ र ललितपुरका ६४, सिन्धुपाल्चोकका ३, सिन्धुलीका १, कास्कीका ३०, गोरखाका २, तनहुँका १, लमजुङका १८, बागलुङका १, स्याङजाका १, अर्घाखाँचीका १, कपिलवस्तुका १२, गुल्मीका ६, दाङका ३, नवलपरासीका १२, पाल्पाका १२, प्युठानका ११, बर्दियाका ६, बाँकेका ३२, रुपन्देहीका ११३, रोल्पाका १, कालिकोटका १, सुर्खेतका २९, अछामका १०, कैलालीका १२ र बझाङका १९ जना ।

४ सय ११ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा १० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमध्ये ६ जना काठमडौं उपत्यकाका छन् । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय ११ पुगेको छ ।

४६ हजार बढीले जिते कोरोना
आइतबार ९ सय ६६ जना कोरोना संक्रमित देशका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै कोरोना जित्नेहरुको संख्या ४६ हजार २ सय ३३ पुगेको छ ।

परिक्षण र संक्रमण
पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ८४ जनाको पीसीआर परीक्षण गरिएको छ । आइतबार साँझसम्म देशभर संक्रिय संक्रमितको संख्या १७ हजार ४ सय ७८ रहेको छ । ७ हजार ४ सय ५१ जना क्वारेन्टिनमा छन् ।

२२६ गम्भिर बिरामी
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १९० जनाको आईसीयुमा र ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

५ सय बढी सक्रिय संक्रमित भएका जिल्लाहरु
मोरङ, सुनसरी, सिरहा, काठमाडौँ, ललितपुर, चितवन, मकवानपुर, चितवन, रुपन्देहीमा र भक्तपुर

कोरोनामुक्त जिल्लाहरु
सोलुखुम्बु, मुस्ताङ, डोल्पा, मुगु, म्याग्दी, रसुवा र हुम्ला ।

विदेशमा २ सय ४४ नेपालीको मृत्यु
कोरोना भाइरसको सङ्क्रमणबाट हालसम्म विदेशमा रहेका २४४ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा यी नेपालीको निधन भएको हो । गत साता बेलायत, स्पेन र भारतलगायतका देशमा कोरोना सङ्क्रमणदर सामान्य रुपमा वृद्धि भएको छ । एनआरएनएका अनुसार हालसम्म विश्वका ४२ देशमा रहेका नेपाली कोरोना भाइरसबाट प्रभावित भएका छन् ।

कोरोनाका कारण अमेरिका, बेलायत, संयुक्त अरब इमिरेट्स युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा नेपालीले ज्यान गुमाएका छन् । एनआरएनए, विदेशस्थित दूतावास तथा नियोगको संयुक्त पहलमा ३० देशमा रहेका ६९ हजार २८९ जनाको उद्धार गरिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्