चारदिनसम्म मौसममा बदली, सचेत रहन जल तथा मौसम विज्ञान विभागको आग्रह
काठमाडौं । चारदिनसम्म देशभरको मौसम आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा पानी पर्ने सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखा सचेत हुन सबैलाई अपिल गरेको छ । मनसुनको न्यून चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित रहेकाले बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशमा आंशिक बदली हुने र हल्कादेखी मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको हो ।
दिउँसोबाट देशभर आंशिकदेखि सामन्य बदली रही थोरै स्थानहरूमा हल्का देखी मध्यम वर्षा भइरहेको छ । यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । चारदिनसम्म बदलि हुने आँकलन गरेको जल तथा मौसम विज्ञान विभागले नदि तटिय क्षेत्र तथा पहिरोको जोखिम रहेका क्षेत्रहरुमा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्