Techie IT
Mission Khabar

काठमाडौंमा ५३८ सहित थपिए १ हजार १५४ संक्रमित २४ घण्टामा १६ जनाको मृत्यु


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ६५ हजार २७६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या ४७ हजार २ सय ३८ पुगेको छ । सोमबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ६ सय ११ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ९ सय २१ रहेका छन् भने होम आइसोलेशनमा ८ हजार ६ सय ९० जना रहेका छन् । बितेको २४ घण्टामा देशभर थप १६ जनाको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या ४ सय २७ पुगेको छ ।

देशभर १९६ जना कोरोनाभाइरस संक्रमितको आईसीयूमा उपचार भइरहेको छ । ३१ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल क्वारेन्टिनमा ७ हजार ४०३ जना रहेका छन् ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्