Techie IT
Mission Khabar

बालबालिकाको शिक्षामा डलर खेती मौलायो : सांसदहरु


काठमाडौं । सांसदहरुले बालबालिका शिक्षाको नाममा काठमाडौंमा डलर खेती गर्नेहरुको धन्दा चल्दैआएको बताएका छन् । प्रतिनिधिसभाको महिला तथा समाजिक समितिको बैठकमा बालबालिकाका अवस्था र व्यवस्था सम्बन्धमा छलफल गर्दै सांसदहरुले गाउँबाट बालबालिका ल्याएर कतिपय संघसंस्थाले काठमाडौंमा डलर कमाउने काम गरिरहेको बताएका हुन्।

सांसद दुर्गाबहादुर रावतले बालबालिका सम्बन्धी काम गर्ने केही संघसंस्थाले बाहिरी जिल्लाबाट १० वर्ष सम्म पढाउने भन्दै २० हजार रुपैयाँ देखि १ लाख रुपैयाँ सम्म अभिभावकसँग लिएर काठमाडौंमा ल्याई बालगृहमा राखेर विदेशबाट डलर झार्ने काम गरिरहेको बताए।टुहुरा बालबालिका, अपाङ्ग बालिबालिका देखाएर व्यवसाय गर्ने संघसंस्थाहरु काठमाडौंमा धेरै भएपनि ऐन कानून, नीति नियम बन्ने चरणको फाइदा उठाउनेमाथी नियमन र कारबाही हुन नसक्दा बिक्रिति मौलाएको सांसदहरुले नै बताए ।

सांसद थममाया थापा लगायतले गाउँघरबाट समस्यामा परेका बालबालिकालाई सहर बजारमा ल्याई काम गराउने प्रवृतिले गर्दा बालबालिका जोखिममा परेको दाबी गरेका थिए । बालबालिकाको क्षेत्रमा राम्रो काम गर्ने संस्थालाई प्रोत्साहन गर्नुपर्ने तर गलत काम गरी कमाउने ध्याउन्नमा लाग्ने संस्थालाई कारबाही गरी बन्द गराउनुपर्ने सांसदहरुको दाबी थियो ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्