Techie IT
Mission Khabar

कोरोना लगायत सार्वजनिक सरोकारका हरहिसाब तथा सूचना उपलब्ध गराउन सर्बोच्चको आदेश


काठमाडौं । सर्वोच्च अदालतले कोरोना सम्बन्धी कुनै पनि सूचना जो कोहीले मागेपनि उपलब्ध गराउन सरकारलाई आदेश दिएको छ । सर्वोच्चले सार्वजनिक सरोकारका कुनै पनि विषयमा सूचना माग्न पाउने अधिकार नेपालको संविधान र सूचनाको हक सम्बन्धी ऐन २०६४ ले व्यवस्था गरेकाले उक्त अधिकारको सहज रुपमा प्रचलन गराउन सरकारका नाममा परमआदेश जारी गरेको हो ।

अधिवक्ताहरु कीर्तिनाथ शर्मा, मनिषकुमार श्रेष्ठलगायतले दायर गरेको रिट उपर न्यायाधीशद्धय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयालको संयुक्त इजलासले फैशला गर्दै सर्वोच्चले कुनै पनि बहाना बाजी नगरी कोरोना सम्बन्धी सूचनालाई एकीकृत गरी माग्न आउने नेपाली नागरिकलाई उपलब्ध गाराउन भनेको छ । तीन तहका सरकारले कोरोनाबारे गरेको गतिविधि र खर्च विवरणलाईं एकीकृत गरी उपलब्ध गराउन परमआदेशमा भनिएको छ ।

निवेदकहरुले प्रधानन्त्री तथा मन्त्री परिषद्को कार्यालय, तत्कालीन कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिसँग कोरोनाका नाउँमा भएको खर्च विवरण माग्न गए पनि आफूहरुलाई सम्बन्धित कार्यालयमा प्रवेश नै गर्न नदिइ सूचना नदिएको बताउँदै सर्वोच्चमा रिट दायर गरेका थिए ।


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्