तेजाव आक्रमणको कसुरमा कठोर सजाय निर्धारण, अध्यादेश मार्फत फौजदारी अपराध संहिता संशोधन गरिदै

काठमाडौं । सरकारले फौजदारी अपराध संहिता संशोधन गरेर तेजाब आक्रमणसम्बन्धी कसुरमा कठोर सजाय निर्धारण गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २५ गते एसिड आक्रमणका पीडितसँग सामूहिक छलफल गरेर १५ दिनभित्र कडा कानुन ल्याउन भन्दै मातहतका निकायलाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनअनुसार नै कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले मस्यौदा गरेको ऐनमा तेजाब छ्याप्ने कसुरमा २० वर्ष कैद र १० लाख जरिवानाको सजाय निर्धारण गरिएको हो ।
एसिड प्रहार गर्ने व्यक्ति २० वर्ष नै कैद बस्नुपर्ने र उनीहरुको हकमा एक दिन पनि कैद मिनाहा नहुने गरी मस्यौदा तयार पारिएको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय श्रोतका अनुसार आँखा, नाक, कानलगायत संवेदनशील अङ्गमा क्षति पुर्याएमा छुट्टै सजायको व्यवस्था गरिएको छ । मौजुदा कानुन (फौजदारी अपराध संहिताको दफा १९३) मा तेजाबसम्बन्धी कसुरमा अपराधको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना निर्धारण गरिएको छ । शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पु¥याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिबाना निर्धारण गरिएको छ । जरिबाना बापत प्राप्त पूरै रकम पीडितलाई क्षतिपूर्ति बापत दिनु पर्ने प्रावधान छ । तर यो कानुन कमजोर हुँदा तेजाब आक्रमणका घटना बढेका भन्दै कडा कानुनको माग हुँदै आएको छ ।
मन्त्रालयले बिक्री वितरण नियमन गर्न अलग्गै कानुन तयार गरेको छ । अध्यादेशमार्फत् ल्याउन लागिएको कानुनमा तेजाब बिक्री वितरणमा कडाइ गरिनेछ । कानुनको प्रावधानविपरीत बिक्रीवितरण गरे सजाय र जरिबानाको व्यवस्थापन गरिएको छ । अध्यादेश अब बस्ने मन्त्रिपरिषद् बैठकमा पेस गर्ने तयारी गरिएको छ ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking
भरखरै प्रकाशित
- १ठगी रोक्न श्रम मन्त्री कुँवरको सक्रियता, १ सय ४८ म्यानपावर कारबाहीमा !
- २गुणस्तरहीन खाद्य वस्तु बेच्ने एक सय १५ वटा उद्योग, फर्म र व्यापारी कारबाहीमा,अनुगमन जारी !
- ३उपसचिव प्रमोद नेपाल घुस रकमसहित अख्तियारको फन्दामा, के होला त कानुनी कारबाही ?
- ४नेपाली कारखानाका विदेशी कामदार हटाए नेपालीलाई राख्न संसदीय समितिको निर्देशन !
- ५आजबाट राहदानीका लागि आवेदन फारम खुल्ला, कसरी व्यवस्थापन गर्ने भीडभाड ?
तपाईको कमेन्ट लेख्नुहोस्