शनिबारसम्म वर्षा : यी स्थान बाढी र पहिरोको उच्च जोखिममा

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर जारी वर्षा शनिबारसम्मै कायम रहने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बिहिबार र शुक्रबार देशभरि नै वर्षा हुने दाबी गर्दै शनिबारबाट भने मौसममा क्रमिक सुधार हुने जानकारी दिएकी हुन् । केही स्थानमा अति भारी वर्षाको आँकलन गरिएको छ ।
काठमाडौंमा ६०.५ मिलमिटर वर्षा भएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नं. १, प्रदेश नं. २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५ र कर्णाली प्रदेशका १–२ स्थानहरुमा अति भारी वर्षा भैरहेको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति सेप्टेम्बर २३ रहे पनि यस वर्षको मनसुन अहिलेसम्म सक्रिय देखिएको छ ।
विभिन्न स्थानका सडक अवरुद्ध
पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमा पहिरो खसेसँगै सडक अबरुद्ध भएको हो । मनसुन सुरु भएयता बारम्बार यो सडकखण्ड खबरुद्ध हुँदै आएको छ ।
यी स्थामा उच्च जोखिम
बाढी पूर्वानुमान महाशाखाका अनुसार बुटवलको तिनाउ नदीमा पानीको बहाव खतराको तह भन्दा माथि र चितवनको नारायणी नदीमा पानीको सतह सतर्कता तह भन्दा माथि पुगेको छ । नदीको तटीय क्षेत्र र आसपासका क्षेत्र डुबानमा पर्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । चितवन र नवलपरासीका तटीय क्षेत्रका बासिन्दालाई दिनभर नै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
लगातारको वर्षाका कारण देशका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ । सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, लमजुङ, तनहूँ, कास्की, बागलुङ्ग, पर्वत, म्याग्दी, रुकुम हुँदै बग्ने साना नदीमा आकश्मिक रुपमा बहाव बढ्न सक्ने आँकलन सहित आसपासका क्षेत्रमा सतर्क रहन मौसम विभागले आग्रह गरेको छ ।
स्याङ्जामा पहिरोमा
स्याङ्जाका दुई स्थानमा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । एक जनाको जीवितै उद्धार गरिएको छ । वालिङ नगरपालिका–१४ तमाधीमा पहिरो जाँदा माया परियारको घरमा रहेका १० जना पुरिएकोमा एक जनाको मृत्यु भएको छ भने आठ जना सम्पर्कविहीन छन् । पहिरोबाट एक जनालाई भने जीवितै उद्धार गरिएको छ । पहिरो नरोकिएकाले उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । स्याङ्जाकै कालिगण्डकी गाउँपालिका ४ गोतामेडाँडामा पनि एक घर पहिरोमा पुरिँदा १६ वर्षीय विष्णुबहादुर दमाईको मृत्यु भएको छ ।
पाल्पामा तीन घर पुर्दा ६ जना बेपत्ता
पाल्पाको रम्भा गाउँपालिकामा पहिरोले तीनवटा घर पुर्दा ६ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा पहिरोले घर पुर्दा हुमबहादुर गाहा र मनबहादुर गाहाको घरमा सुतिरहेका पाँचजना सम्पर्कबिहीन भएका हुन् । अरु तीनजनाले भने भागेर ज्यान जोगाएका छन् । फोक्सिङ्कोटकै सुरुमडाँडामा एकजना गर्भवती महिला पहिरोमा बेपत्ता भएकी छन् । उनका श्रीमानले भने भागेर ज्यान जोगाएका छन् ।
क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, जीवन भोगाई, देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्