त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा छठपछि, घर पायकमा परिक्षा दिन पाइने
काठमाडौं । कोभिड–१९ कोरोना माहामारिका कारण रोकिएका त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा छठपछि मात्रै हुने भएका छन् । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्ने तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिएको हो ।
काठमाडौं, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन परीक्षा सञ्चालन गर्न थालेपछि त्रिविले पनि रोकिएको परीक्षा छठलगत्तै गर्ने गरि तयारी थालेको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले घर पायक परीक्षा दिन मिल्ने गरी तयारी थाल्न प्रदेश परीक्षा कार्यालयलाई निर्देशन दिएको जानकारी दिए । अनलाइन वा अन्य बैकल्पिक व्यवस्थासहित परीक्षा लिन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनिकाले परीक्षाको कार्यतालिका दशैंअघि नै सार्वजनिक गर्नेछ । करिब ३ लाख विद्यार्थी रहेको त्रिविमा कोरोना महामारी रोकथामका लागि भन्दै लक डाउन गरिएदेखी हुन सकेको छैन ।
सेमेस्टर प्रणालीअनुसार वैकल्पिक विधिबाट पढाइएपनि परीक्षा सञ्चालन गर्न नसक्दा हजारौं विद्यार्थी मर्कामा परेका छन् । त्रिविले सेमेस्टर प्रणाली र कम विद्यार्थी भएका विषयका लागि छठअघि नै परीक्षा गर्ने तयारी गरेको छ । सबै डीन कार्यालयलाई परीक्षा सञ्चालन गर्न कार्यायोजना तयार गर्नसमेत आग्रह गरिएको छ । त्रिविको परिक्षा स्वास्थ्य मापदण्ड पालना गरी, भौतिक दूरी कायम गर्दै सञ्चालन गरिनेछ। तर कोरोना भाइरस को संक्रमण बढ्दै गए के गर्ने भन्ने विषयमा कुनै निर्णय गरिएको छैन ।
पछिल्लो समय काठमाडौं उपत्यकामा झनै कोरोना संक्रमित बढेपछि त्रिबिका परिक्षा समेत रोकिने सम्भावना बढेको छ । यसअघि पनि कार्यतालिका सार्वजनिक गरेपछि कोरोना संक्रमण बढेको कारण देखाउँदै परिक्षा स्थगित गरिएको थियो ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्