‘नागरिक पेन्सन योजना’को Exclusive Banking Partner बन्यो एनआईसी एसिया बैंक
काठमाडौं । नागरिक लगानी कोषको ऐतिहासिक ‘नागरिक पेन्सन योजना’ मा एन आई सी एशिया बैंक Exclusive Banking Partner को रुपमा नियुक्त भएको छ । बैंक र कोषबीचको समझदारीपत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने तथा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका हुन्।
सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गर्ने, त्यस्तो बचतलाई देशको आर्थिक विकासमा परिचालन गर्ने र सक्रिय जीवनकालमा जम्मा गरेको रकमबाट बचतकर्ताको जीवनयापनलाई सहजीकरण गर्ने उद्देश्यले यो योजना ल्याइएको बताइएको छ । सम्पूर्ण नेपालीहरूलाई एउटा नवीन तथा सहज पेन्सन योजनाको आवश्यकताको पहिचान र महसुस गर्दै ‘नागरिक पेन्सन योजना’ सर्वसाधरण नेपालीको हितमा ल्याएको कोषले जनाएको छ । देशको अग्रणी सार्वजनिक वित्तीय संस्था नागरिक लगानी कोषसँग हातेमालो गरी आर्थिक रुपान्तरण र आम नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने पेन्सन योजनाको Exclusive Banking Partner हुन पाउनु गौरबको विषय रहेको बैंकले जनाएको छ ।
यस पेन्सन योजना अन्तर्गत आय आर्जन गर्ने, प्रचलित कानून बमोजिम स्थापना भएका संघ, संस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिकरकर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैर आवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरू सहभागी हुन सक्ने छन्। ‘जवानीमा कमाऔं, जमाऔं र बुढेसकालमा रमाऔं’ भन्ने नाराको साथ ल्याईएको उक्त योजनामा सम्पूर्ण नेपाली नागरिकहरू सहभागी हुन पाउनेछन्। योजनाका सहभागीहरूले न्यूनतम मासिक ५०० देखि अधिकतम आम्दानीको क्षमता अनुसार १० ले भाग जाने संख्यामा मासिक किस्ता रकम जम्मा गर्न सक्ने प्रावधान रहेको छ ।
सर्वाधिक ग्राहक संख्या, देशैभरी रहेका शाखाहरू तथा विस्तारित काउण्टरहरू एवं डिजिटल बैंकिङ्गमा अग्रणी स्थानमा रहेको तथा ‘डिजिटल फष्ट बैंक’ बन्ने दीर्घकालिन रणनीति अपनाइरहेको यस बैंकमार्फत सहज रुपले देशका ग्रामीण भेगका जनमानसहरू समेत यस पेन्सन योजनामा सहभागी हुन सक्ने अपेक्षा गरिएको छ । कोषको खाता नम्बर ०५४४१५१०३५२१७०१२ मा किस्ता रकम जम्मा गर्न सक्ने व्यवस्था सहित बैंकले छुट्टै भौचरको व्यवस्था गरेको छ । साथै बैंकले निकट भविष्यमा कोषसँगको सहकार्यमा विद्युतीय भुक्तानी सेवामार्फत नागरिक पेन्सन योजनाका सहभागीहरूले बैंक नै नगई जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइन माध्यमबाट किस्ता रकम भुक्तानी गर्न मिल्ने तयारी थालेको छ ।
एनआईसी एसिया बैंक देशभरका ३२६ शाखा कार्यालयहरू, ४६७ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्ग प्रणाली मार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकका रुपमा परिचित छ । २२ लाख भन्दा बढी ग्राहक रहेको बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद छन् । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको दाबी गनेए एनआईसी एसिया बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा १ अर्ब ८७ करोड हाराहारी राजश्व भुक्तानी गरेको छ ।
वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा एनआईसी एसिया बैंकले शाखा विस्तार गरेर सेवा दिदै आएको छ ।
क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्