Techie IT
Mission Khabar

६० रुपैयाँ किलो प्याज ! एक जनालाई तीन किलो


काठमाण्डौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले प्रतिकिलो ६० रुपैयाँमा प्याजको बिक्रीवितरण थालेको छ । लिमिटेडले थापाथली बिक्रीकक्षबाट प्रतिकिलो ६० रुपैयाँमा सर्वसाधारणलाई प्याज बिक्री सुरु गरेको जानकारी दिएको हो ।

सरकारले बजार अनुगमनका क्रममा बढी मूल्य लिई बिक्री गर्न लागेको प्याजलाई जफत गरी बजार मूल्यमा बिक्री गरेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार थापाथली बिक्रीकक्षबाट बजार अनुगमनका क्रममा बरामद गरिएको १४ हजार ६ सय किलो प्याज सर्वसाधारणलाई प्रतिकिलो ६० रुपैयाँमा उपलब्ध गराइनेछ । एक जनाले यहाँबाट तीन किलोसम्म प्याज गरिद गर्न पाउनेछन् ।

प्याज विक्रि वापतको ५२ रुपैयाँ राजस्व र ८ रुपैयाँ खाद्य कम्पनीको खातामा जम्मा गरिनेछ । काठमाण्डौ उपत्यकामा प्याजको मूल्य १ सय २० सम्म पुगेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजार अनुगमन गरेर कालोबजारी गर्नेहरुमाथी कारबाहीको थालनी गरेका थिए ।


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्