Techie IT
Mission Khabar

सुरु भयो चाडपर्व लक्षित बजार अनुगमन, रोकिएला त कालोबजारी र महंगी ?


काठमाडौं । सरकारले दशैं लगायतका चाड पर्व नजिकिएसँगै बजार अनुगमनलाई तिब्रता दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न १० वटा टोली गठन गरेर चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको हो ।

विशेषगरि खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासू, तरकारी, फलफूल लगायतका थोक तथा खुद्रा पसलको अनुगमनलाई अहिले तिब्रता दिइएको छ । चाडपर्वको समयमा व्यापारीहरुले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तु बेच्ने लगायतका समस्या देखिने गरेकाले दशैं आउन करिब ४ साता बाँकि छदै विभागले अनुगमनलाई तिब्रता दिएको जानकारी दिएको छ । विभागले सबै अनुगमन टोलीलाई निश्चित स्थान नै ताकेर अनुगमनमा परिचालन गरेको छ । खासगरी काठमाडौंको कलंकी, बालाजु, बुढानिलकण्ठ, महाराजगञ्ज, चावहिल, कोटेश्वर तथा भक्तपुर र ललितपुरमा समेत क्षेत्र तोकेर अनुगमन गरिएको छ ।

विभागले विभिन्न क्षेत्रमा अनुगमन गर्दा उपभोक्ताको गुनासोलाई समेत प्राथमिकता दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र मुलकभरका सबै जिल्ला प्रशासन कार्यालयमा तोकिएका बजार अधिकृतहरुलाई समेत बजारमा उपस्थिती बढाउन निर्देशन दिएर महंगी र संभावित कालोबजारी रोक्ने काम गरिएको छ ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्