Techie IT
Mission Khabar

कस्तो रहला आज देशभरको मौसम ? यस्तो छ पूर्वानुमान


काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभरको मौसममा सामान्यदेखि आंशिक बदली हुने भएको छ । प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र ५ नम्बर प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा हुने पूर्वानुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको हो ।

यी प्रदेश बाहेकका अन्य क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन् । सोमबार राति प्रदेश नम्बर १ र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको पूर्वानुमान गरिएको छ । अहिले देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको बताइएको छ ।

भारतको पूर्वी बिहार आसपास रहेको न्युन चापीय प्रणाली कमजोर हुने क्रममा रहेका कारण अब मनसुन कमजोर हुँदै वर्षा कम हुने महाशाखाले जानकारी दिएको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्