उच्च बन्दै कोरोना संक्रमण र मृत्युदर, घटेन शहर केन्द्रित जोखिम

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमण र मृत्युदर उच्च देखिन थालेको छ । आइतबार मात्रै पनि १५ सय ७३ कोरोना संक्रमित थपिदा ११ जनाको मृत्यु भएको छ । असोज महिनाको ११ दिनमा मात्र १५ हजार ६७ संक्रमित पहिचान हुँदा ९९ जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज १ देखि ११ गतेसम्मको तथ्यांकले औषतमा कोरोनाबाट दैनिक ११ जनाको मृत्यु हुने गरेको र १ हजार ३ सय नयाँ संक्रमित थपिने गरेको देखाएको छ । नेपालमा अहिलेसम्म सबैभन्दा धेरै संक्रमित एकैदिन २ हजार २० जना असोज २ गते थपिएका थिए । असोज ८ गते उच्च रेकर्ड बनाउँदै एकैदिन१७ जना संक्रमितको मृत्यु भएको थियो । नेपालमा आइतबार साँझसम्म ७३ हजार ३ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यी मध्ये ४७७ जनाको मृत्यु भएको छ भने ५३ हजार ८९८ जनाले कोरोना जितेका छन् ।
बढ्दै गम्भिर विरामी, अस्पतालमा भन्दा होम आइसोलेसनमा बढी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार साँझको तथ्यांक अनुसार देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ । १० हजार ६ सय ९८ जना होम आइसोलेसनमा छन् । संक्रमित मध्ये २ सय २५ जना आईसीयू र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यसरी देशका कर्णाली बाहेकका ६ प्रदेशमा गम्भिर बिरामीको उपचार भइरहँदा बागमती प्रदेशमा उपचाररत बिरामीहरुको संख्या १ सय २० बढी छ । यसपछि प्रदेश ५ र प्रदेश नम्बर २ मा गम्भिर बिरामी बढी छन् ।
काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मोरङ, सिराहा, रुपन्देही जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित उपचाररत छन् ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्