Techie IT
Mission Khabar

कोभिडका कारण बन्द सबै क्षेत्र खुलाउने तयारी, कसरी होला स्वास्थ्य सावधानी ?


काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण बन्द रहेका सबै क्षेत्रलाई खुला गर्ने तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को निर्देशक समितिले बन्द रहेका क्षेत्रहरु सञ्चालन गर्ने सम्बन्धमा प्रस्ताव ल्याउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएर सबै क्षेत्र खुलाउने तयारी गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले खोल्न बाँकी रहेका सेवाहरुबारे सम्बन्धित मन्त्रालयले विस्तृत अध्ययन गरेर त्यसको स्थिति के छ र के कसरी सञ्चालन गर्न सकिन्छ भन्ने बारे प्रस्ताव तयार गर्ने र छलफलबाट निर्णयमा पुग्ने जानकारी दिनुभयो । अहिले विद्यालय तथा शैक्षिक संस्थाहरु, समूहमा खेलिने खेल तथा त्यसको प्रशिक्षण, मनोरञ्जन स्थल तथा सिनेमा हल, सैलुन, व्युटीपार्लर तथा जिम, धार्मिक स्थल लगायतका क्षेत्र बन्द छन् । कतिपय यी व्यवसायहरु खुल्न थालेपनि सरकारले औपचारिक रुपमा खोल्ने अनुमति दिएको छैन । उपत्यकामा कडा लकडाउन आवश्यक पर्ने नाकाबाट प्रवेश रोक्नुपर्ने दाबी गर्ने सांसद तथा काठमाडौं उपत्यकाका जनप्रतिनिधिहरु समेत पछिल्लो समय स्वास्थ्य सावधानी र सतर्कता सहित सबै क्षेत्र खुलाउनुपर्ने भन्न थालेका छन् ।

पछिल्लो केही दिनदेखी दैनिक देशभर पहिचान हुने नयाँ संक्रमित मध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामै पहिचान भइरहेका छन् । सरकारले अर्थतन्त्रसँगै हरेकको जनजीवन व्यापार व्यवसायलाई चलायमान गराउन खोजे पनि आवश्यक स्वास्थ्य सावधानी र भौतिक दूरी कायम गरिएको देखिदैन । सरकारले कोरोना हटेजरी सबै क्षेत्रलाई खुल्ला गरेपनि अब हरेक नागरिक स्वास्थ्य सतर्कता सहित सुरक्षित बन्न सक्नुपर्छ ।


क्याटेगोरी : अर्थ / रोजगार, जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्