Techie IT
Mission Khabar

शंकरदास बैरागी मुख्य सचिव नियुक्त, डा.खतिवडा र रेग्मी राजदुत बन्दै


काठमाडौं । सरकारले शंकरदास बैरागीलाई मुख्यसचिव नियुक्त गरेको छ । मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै बिहीबार बसेको मन्त्रिपरिषद बैठकले वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै मन्त्रिपरिषद्ले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपालको राजदूत र मुख्य सचिवबाट राजीनामा दिएर बाहिरिएका रेग्मीलाई सरकारले बेलायतको राजदूतका रुपमा सिफारिस गरेको छ । राजदूतहरुको नियुक्ति संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट हुने कानुनी व्यवस्था छ ।

पूर्वअर्थमन्त्री डा. खतिवडालाई कार्यकाल सकिएलगत्तै प्रधानमन्त्री केपीशर्मा ओलीले प्रमुख आर्थिक सल्लाहकार बनाउनुभएको थियो ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्