शहरकेन्द्रित जोखिम : काठमाडौंमा ९४३ सहित देशभर थपिए १९११ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ९११ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका मात्र ९४३ जना नयाँ संक्रमित थपिएका छन् ।
काठमाडौंका ८१७, भक्तपुरका ५८ र ललितपुरका ६८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालबाट ९६१ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ५७ हजार ३ सय ८९ पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० पुगेको छ । थप ११ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण बिहीबारसम्म ज्यान गुमाउनेको संख्या ५०९ पुगेको छ ।
आज थपिएका संक्रमितहरु
काठमाडौंमा ८१७, कैलालीमा १६१, मोरङमा १०५, रुपन्देही ९१, चितवनमा ८६, ललितपुरमा ६८, सुनसरीमा ६६, भक्तपुरमा ५८, सिराहामा ३९, जुम्ला ३७, बाँकेमा ३०, पर्सा, कास्कीमा २८, कञ्चनपुरमा २४, धनुषामा १९, महोत्तरी, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङमा १७र१७, सप्तरीमा १६, बारा, नवलपरासी पूर्व र बागलुङमा १४/१४, नुवाकोट र नवलपरासी पश्चिममा १०, दाङमा ९, तनहँमा ८ जना, कालीकोटमा ७ जना, झापा र रामेछापमा ६/६ जना, सर्लाही, गोरखा र रुकुम पूर्वमा ५ जना, रौतहट, सिन्धुली, बर्दिया र बैतडीमा ४/४ जना, उदयपुर र ओखलढुंगा, दोलखा, सिन्धुपाल्चोक, कपिलवस्तु, गुल्मी, पाल्पा, रुकुम पश्चिम र सल्यानमा ३/३ जना, खोटाङ, पर्वत, लमजुङ, दैलेख, मुगु र बझाङमा २/२ जना, ताप्लेजुङ र भोजपुर, स्याङ्जा, अछाम र डडेल्धुरामा १/१ जना ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्