Techie IT
Mission Khabar

अनशनरत प्राडा केसीलाई सरकारले भन्यो – ‘अनशन तोडेर वार्तामा बसौँ’


काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनशनमा बसेका प्रा डा गोविन्द केसीलाई अनशन फिर्ता लिन आग्रह गरेको छ । सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले प्रा डा केसीले विगतदेखि उठाउँदै आएका धेरै माग पूरा भएर कार्यान्वयनमा गइसकेको भन्दै अनशन फिर्ता लिएर केही समस्या भए संवादबाटै निकास खोज्न आग्रह गर्नुभएको हो ।

परराष्ट्रमन्त्री ज्ञवालीले चिकित्सा शिक्षासम्बन्धी ऐन र उक्त ऐनअनुसार उच्चस्तरीय आयोग बनेर काम शुरु भइसकेको तथा सातै प्रदेशमा सरकारी तबरबाट मेडिकल कलेज खोल्ने विषय समेत सम्बोधन भइसकेको स्मरण गराउनुभयो । सिङ्गो मुलुक कोरोना भाइरस सङ्क्रमणविरुद्धको लडाइँमा रहेको समयमा अनशन, धर्ना, हडताल र सत्याग्रह सुहाउँदो विषय नभएको दाबी गर्दै मन्त्री ज्ञवालीले केही विषय बाँकी भए पछि छलफल गर्न सकिने बताउनुभयो ।

मन्त्री ज्ञवालीले प्रा डा केसी र उनका साथीहरुलाई अहिले अनशन फिर्ता लिई कोरोनाविरुद्धको लडाइँमा सरकारलाई सहयोग गर्न अनुरोध गरेका थिए ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्