सिन्धुपाल्चोक पहिरो पीडितलाई कांग्रेस नेता बस्नेतको साथ, यसरी गर्दैछन निरन्तर सहयोग
रामचन्द्र दुलाल, हेलम्वु । यस वर्षको मनसुनी वर्षाले सबैभन्दा बढी प्रभावित बनाएको जिल्ला हो, सिन्धुपाल्चोक । मनसुन सक्रिय देखिएको साउन र भदौँ २ महिनामा मात्रै यो जिल्लामा ७४ जनाको मृत्यु भएको छ भने ४१ जना अझै बेपत्ता छन् । जोखिमको पूर्वानुमान गरिएपनि जोखिममा रहेका बस्ती स्थानान्तरण गर्न समयमै चासो नदिएको सरकारले बाढी पहिरोले ठूलो क्षति पुर्याएपछि समेत पीडितलाई सहयोग र साथ दिन सकेको छैन । योबीचमा नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा पूर्व सूचना तथा संचार मन्त्री मोहनबहादुर बस्नेतले भने विभिन्न समयमा पहिरो प्रभावित बस्तीमा पुगेर सहयोग हस्तान्तरण गर्दै आएका छन् ।
बस्नेतको पहलमा लायन्स क्लब अफ काठमाडौ आधार, हेड्स नेपालले पहिरो प्रभावित क्षेत्र भिरखर्क नागकुजेमा पुगेर त्यहाका १ सय ९१ परिवारलाई ५ लाख ५० हजार बरावरको खाद्यान्न सहयोग गरेको छ । कांग्रेस नेता बस्नेत आफैले प्रतिपरिवार १ बोरा ३० के.जी चामल,१ लिटर तेल, दाल २ के.जी, भुजा १ पाकेट, नुन १ पाकेट र म्याट लगायतको सामाग्री हस्तान्तरण गरेका थिए ।
नगरपालिकाले अहिलेसम्म केही सहयोग नगरेको भन्दै स्थानीयले गुनासो गरेपछि बस्नेतले सरकारले केही गर्न सकिन भनेर हात उठाएमा सबै जनताको जिम्मेवारी कांग्रेसले लिने बताए । बाह्रबिसे न पा ७ को भिरखर्कको पहिरोबाट बुबा गुमाएकी अन्जु प्रधानलाई १२ कक्षासम्म पढ्नको लागी आवश्यक सबै खर्च व्यहोर्ने प्रतिबद्धता कांग्रेस नेता बस्नेतले गर्नुभएको छ ।
नेपाली काग्रेस क्षेत्र नं १ का सभापति बालकृष्ण बस्नेतले समेत पहिरोमा परेर अपांग भएका ६ जनालाई प्रतिब्यक्ति ५ हजारका दरले आर्थिक सहयोग गर्नुभएको छ । केहीदिन अघि मात्रै पनि जिल्लाका पहिरोपीडितहरूलाई कांग्रेस नेता तथा पूर्वमन्त्री बस्नेतकै पहलमा ‘फुर्के परिवार’को तर्फबाट आर्थिक सहयोग हस्तान्तरण गरिएको थियो । पूर्वमन्त्री बस्नेत मार्फत हेलम्बु गाउँपालिका–५ बोल्डेका ५६ परिवारलाई पाँच हजारका दरले ३ लाख नगद र स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको ‘फुर्के परिवर’ले जनाएको छ । कांग्रेस नेता बस्नेतले हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई चार हजार थान एन–९५ मास्क हस्तान्तरण गरेका छन् ।
कांग्रेस नेता बस्नेतले कोरोना महामारी तथा बाढी पहिरोको समयमा जोखिम क्षेत्रमा आफै उपस्थित भएर स्वास्थ्य सामग्री, आर्थिक तथा खाद्यान्न लगायतको सहयोग गर्दै आएका छन् ।
क्याटेगोरी : अर्थ / रोजगार, जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #breaking, #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्