जापानमा बढ्दै बेरोजगारी समस्या, तीन वर्ष यताकै उच्च
सुनिता/सुर्य अधिकारी, फुकोउका । कोरोना महामारिका कारण जापानको बेरोजगारी दर तीन वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भन्दै लगाइएका विभिन्न प्रतिबन्ध पछि अर्थतन्त्र कमजोर बनेर जापानमा बेरोजगार दर बढेको हो ।
जापानको आन्तरिक मामिला र सञ्चार मन्त्रालयका अनुसार देशको बेरोजगारी दर लगातार दोस्रो महिना पनि बढेको छ । जुलाईमा बेरोजगार दर २ दशमलब ९ प्रतिशत रहेकोमा अगस्टमा बढेर तीन प्रतिशत पुगेको छ । जापानमा अगस्टमा बेरोजगार दर तीन प्रतिशत पुगेको शुक्रबार सार्वजनिक तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क विभागका अनुसार सन् २०१७ को मे महिनाको तुलनामा जापानमा बेरोजगार दर ३ दशमलब १ प्रतिशतले बढेको हो । गत वर्षभन्दा यो वर्ष जापानमा चार लाख ९० हजार बढी व्यक्ति बेरोजगार भएका छन् ।
समग्रमा २६ लाख व्यक्ति बेरोजगार बनेका सरकारी तथ्यांक छ । जापानको श्रम मन्त्रालयका अनुसार अगस्टमा रोजगार उपलब्धता दरमा लगातार आठौँ महिना पनि कमी देखिएको छ । जापानमा सन् २०१४ को जनवरीपछि पहिलो पटक बेरोजगारी समस्या उच्च देखिएको हो ।
क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश, समाचार
ट्याग : ##japan Economic, #hot, #आन्तरिक मामिला र सञ्चार मन्त्रालय, #जापान, #जापानमा बेरोजगारी समस्या, #श्रम मन्त्रालय
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्