प्रदेशसभामा तोडफोड गर्ने सांसदलाई कांग्रेसले अनुशासनको कारबाही गर्ने
काठमाडौं । प्रदेश नम्बर ५ को प्रदेशसभामा सोमबार तोडफोडमा उत्रिएका तीनजना प्रदेशसभा सांसदमाथी अनुशासनको कारबाही हुने भएको छ । संसदमा तोडफोड गर्नु नेपाली कांग्रेसको सिद्धान्त र मान्यताविपरीत कार्य भएको भन्दै कांग्रेसको अनुशासन विभागले प्रदेशसभा सदस्य बसिरुद्दिन खाँ, अष्टभुजा पाठक र बैजनाथ कलवारमाथी कारवाही गर्ने तयारी गरेको हो ।
सोमबार दिउँसो बुटवलमा कांग्रेस सांसदले प्रदेशसभाभित्र तोडफोड गरेको सुन्नासाथ काठमाडौंमा पार्टी सभापति शेरबहादुर देउवा आक्रोशित बनेका थिए । देउवाले केही केन्द्रीय नेताहरुसँग टेलिफोन सम्वाद गरेर कांग्रेसको नीति विपरीत तोडफोड गर्नेहरुलाई तत्कालै कारवाही गर्न निर्देशन दिएको बताइएको छ । तीनैजना प्रदेशसभा सदस्यमाथि विधानको प्रक्रिया पु¥याएर कारवाही गरिने भएको छ । सोमबार बुटवलमा प्रदेशसभाको बैठक भइरहँदा कांग्रेस सांसद बसिरुद्दिन खाँ, अष्टभुजा पाठक र बैजनाथ कलवार तोडफोडमा उत्रिएका थिए । अन्य केही सांसदले उनीहरुलाई साथ दिएका थिए । आन्तरिक मामिलामन्त्री कुलप्रसाद केसीले प्रदेशको नामकरण र स्थायी राजधानीबारे छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेपछि प्रतिपक्षी कांग्रेसलगयतका सांसदहरु तोडफोडमा उत्रिएका थिए । अबरोधकाबीच सभामुखले बैठकलाई निरन्तरता दिएका थिए । रोष्टम अगाडि उभिएर शान्तिपूर्वक नाराबाजी गर्नु स्वाभाविकै भए पनि सरकारी सम्पतिमाथि भौतिक क्षति पुर्याइएको भन्दै प्रदेश सांसद र कांग्रेसको समेत आलोचन भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत प्रदेशसभा तोडफोडको घटनालाई नेपाली कांग्रेसले ढाकछोप नगर्ने बताइसकेका छन् ।
केही वर्ष अघिको व्यवस्थापिका संसदको संविधान सभा बैठकमा एमाओवादी सांसदहरुले कुर्सी तथा माइक तोडफोड गरेका थिए । प्रदेश नम्बर ५ को तोडफोडलाई कतिपयले केन्द्रबाट प्रदेश, स्थानीय तहमा सरेको उपद्रोको संज्ञा दिएका छन् । प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ क्षेत्र बनाउने प्रस्ताव मन्त्रिपरिषदबाट पारित गरी सभामा पेस गरेसँगै कांग्रेस सांसदले बिरोध गर्दै आएका छन् । सत्तारुढ नेकपाले भने भालुवाङका पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । नेकपाले आफ्ना सांसदहरुलाई विशेष निर्देशन ह्विप जारी गरिसकेको छ । नेकपाका ६१ सांसदमध्ये ५९ जनाले मतदान गर्न पाउँछन् । कुल ८७ सदस्यीय प्रदेशसभामा दुई तिहाई मतका लागि ५८ सदस्यको मतदान आवश्यक पर्छ ।
क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश
ट्याग : #breaking
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्