अस्पतालबाट ह्वाइट हाउस फर्किए अमेरिकी राष्ट्रपति ट्रम्प (भिडियोसहित)

एजेन्सी । कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ३ दिनपछि डिस्चार्ज भएका छन् । कोरोना भाइरसबाट संक्रमित भइ स्वास्थ्यमा समस्या देखिएपछि वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरमा भर्ना भएका राष्ट्रपति ट्रम्प पूर्णरूपमा ठीक नहुँदै डिस्चार्ज भएका हुन् ।
सोमबार बेलुका मास्क लगाएर ट्रम्प वाल्टर रीड मिलिटरी मेडिकल सेन्टरबाट बाहिरिएका थिए । बाहिरिने क्रममा सञ्चारकर्मीले केही प्रश्न सोधेपछि ट्रम्पले सबैलाई धन्यबाद मात्रै भनेर जवाफ फर्काएनन् । बाँकी उपचार ह्वाइट हाउसबाटै हुने चिकित्सकहरूले जनाएका छन् । अस्पतालबाट बिदा भएका ट्रम्प चाँडै चुनावी अभियानमा सामेल हुने तयारीमा छन् । कोरोना भाइरसबाट नडराउन र यसबाट आफ्नो जीवनलाई प्रभावित वा दब्न नदिन पनि आफ्ना समर्थकलाई राष्ट्रपछि ट्रम्पले अनुरोध गरेका छन् ।
ट्वीटमा उनले लेखेका छन्, ‘मैले आफूलाई अति राम्रो महसुस गरेको छु । कोभिडबाट डराउनु पर्दैन । यसलाई तपाईँहरुको जीवन दबाउन नदिनुहोस् ।’ फोटो : द न्यूयोर्क टाइम्स
भिडियो :
https://www.facebook.com/MissionKhabar/videos/665313387753040
क्याटेगोरी : देश / प्रदेश, विश्व / विविध
ट्याग : #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्