Techie IT
Mission Khabar

सिद्धार्थ बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन


काठमाडौं । सिद्धार्थ बैंकले असोज १६ गतेदेख निष्काशन तथा बिक्री खुला गरेको ३ अर्ब बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो ।

बैंकले जारी गरेको ७ वर्ष अवधिको सिद्धार्थ बैंक डिबेन्चर २०८४’ ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ८ दशमलब ५० प्रतिशत ब्याजदर पाउनेछन्। निष्काशन गरिने कुल ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गरिने र्बैंकले जनाएको छ। सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि रसर्वसाधारणले बाँकी ११ लाख ४० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्काशनको ४० प्रतिशत ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ । ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। ऋणपत्रमा छिटोमा असोज २० गते र ढिलोमा असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ।

ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि दरखास्त दिन सक्नेछन् भने अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाइनेछ । बैंकले यसअघि पनि २ अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गरेको थियो । नेपाल राष्ट्र बैंकले सबै बैंकहरुलाई दीर्घकालीन स्रोत परिचालनका लागि चुक्ता पूँजीको २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेपछि पछिल्लो समय सबै बैंकहरु ऋणपत्रबाट पूँजी जुटाउने प्रतिस्पर्धामा छन् ।


क्याटेगोरी : अर्थ / रोजगार, देश / प्रदेश


तपाईको कमेन्ट लेख्नुहोस्