Techie IT
Mission Khabar

प्रति १० व्यक्तिमध्ये एक जनामा कोरोना संक्रमण : डब्लुएचओ

संक्रमित ८० करोड नजिक रहेको अनुमान


काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले विश्वका प्रति १० व्यक्तिमध्ये एक जनामा कोरोना भाइरसको संक्रमण भइसकेको हुन सक्ने आँकलन गरेको छ । महामारी नियन्त्रणका लागि विश्वव्यापी रुपमा भइरहेका प्रयासहरुबारे छलफल गर्न स्वीट्जरल्याण्डको जेनेभामा बसेको डब्ल्युएचओका नेताहरुको विशेष बैठकमा यस्तो अनुमान गरिएको हो ।

विश्वभर तीन करोड ५७ लाख मानिस संक्रमित भएको पुष्टि हुँदा डब्लुएचओले यो संख्या ८० करोड नजिक रहेको अनुमान गरेको छ । अन्य स्वास्थ्य क्षेत्रका विज्ञहरुले समेत यसअघिदेखि नै लगातार वास्तविक संक्रमितको संख्या पुष्टि भएको भन्दा धेरै रहेको बताउँदै आएका छन् ।

यस्तो छ विश्वभर कोरोना संक्रमणको अवस्था
यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना संक्रमितको संख्या ३ करोड ५७ लाख ९ हजार ५ सय ४९ रहेको छ । संक्रमितमध्ये २ करोड ६८ लाख ७८ हजार १ सय ५७ जनाले कोरोना जितेका छन भने १० लाख ४६ हजार ७३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । ७७ लाख ८५ हजार ३ सय १९ जना सक्रिय संक्रमित रहेका छन् ।

कोरोना संक्रमण र मृत्युदरका हिसाबले अमेरिका जोखिमको पहिलो नम्बरमा देखिदा भारत दोश्रो, ब्राजिल तेश्रो र रसिया चौथो नम्बरमा छन् । भारत र अमेरिकामा अझपनि संक्रमण र मृत्युदर उच्च देखिएको छ ।

 


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्