Techie IT
Mission Khabar

कोरोना लागेको कसरी थाहा पाउने ? संक्रमणबाट बच्न यस्तो गरौँ


काठमाडौं । विश्व समुदाय कोरोना महामारिबाट आजित भएको छ । कोरोना भाइरसको चुनौती यसकारले पनि बढी छ किनकी यसको लक्षण सहजै थाहा पाउन नसकिने खालको छ । कोरोनाको लक्षण रुघाखोकि र ज्वरोको लक्षणसंग मिल्दोजुल्दो भएपनि यहि नै हो भन्ने एकिन हुन्न । कोरोनाको बिरामीले आफु संक्रमित रहेको तबमात्र थाहा पाउछन् जब एकसाथ धेरै लक्षणले शरीरलाई गलाउँछ ।

नेपालमा ९४ हजार बढी संक्रमित रुघा खोकी र ज्वरोको समस्या देखिनासाथ काठमाडौं उपत्यकामा कोरोना संक्रमण पहिचान भइरहेको सन्दर्भमा आजहामी कोरोना संक्रमणको प्राथमिक लक्षणबारे जानकारी दिदैछौं ।

– शुरुमा ज्वरो आउँछ र बिस्तारै सुख्खा खोकि र रुघा लाग्दछ ।
– शरीरको मांसपेशीमा पीडा हुन्छ । अचानक आलश्य बढ्दछ ।
– केहिको गला सुन्निने समेत हुनसक्छ ।
– पाचौं दिनसम्ममा स्वास फेर्न ग्राहो हुन थाल्दछ ।
– विशेषत वृद्ध मानिसमा यो समस्या बढि देखा पर्दछ ।
– लगभग सातौं दिनसम्ममा संक्रमित आफुलाई निकै बिरामी महशुस गर्दछन् ।
– आठ दिनपछि संक्रमण नियन्त्रण नभएमा फोक्सोमा समस्या शुरु हुने गर्दछ ।
– यसले अक्सीजन लिन ग्राहो हुन्छ र छातिमा अत्यधि पिडा हुन्छ ।
– कोरोना भाइरसको संक्रमण २ दिनदेखि १० दिनभित्र देखिसक्छ ।
– मानिस बाहिर बिरामी नदेखिएकाले अरुलाई सर्ने सम्भावना उच्च हुन्छ ।

यसरी रोकथाम गरौँ कोरोना
– आसपासमा सरसफाइमा ध्यान दिनुहोस् ।
– अनिवार्य मास्कको प्रयोग गर्ने ।
– बारम्बार २० सेकेण्डभन्दा बढि साबुन पानीले हात धुने ।
– बिना काम घर बाहिर ननिस्कने ।
– दैनिक प्रयोगमा आउने साझा सामाग्रीको प्रयोग बन्द गर्ने ।
– भान्सा, टेबल वा कुनै पनि सतह छोएपछि सतह र हात दुबै स्यानिटाइज गर्ने ।
– कपडा, ओच्छ्यान तथा अन्य सामाग्रीको पहिलेभन्दा बढि सरसफाई गर्ने ।
– टेलिभिजन, कम्प्युटर, एसि लगायका रिमोटलाई सबैले नछुने ।
– अनिवार्य सामाजिक दुरीको नियम पालना गर्ने ।
– तातो र रोगप्रतिरोधात्मक वस्तुको सेवन गर्ने ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य, समाचार
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्