Techie IT
Mission Khabar

जोखिममा काठमाडौं उपत्यका, नेपालमा कोरोना संक्रमित १ लाख नजिक

उच्च रेकर्ड बनाउँदै थपिए ४ हजार ३६४ संक्रमित


काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै २ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा २०८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जना संक्रमित थपिएका छन् । नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या नै २६ हजार ६८४ रहेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ६७५ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएसँगै नेपालमा कोरोना जित्नेहरुको संख्या ७१ हजार ३४३ पुगेको छ । थप १२ जनाको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५९० पुगेको छ ।


क्याटेगोरी : जनचासो / सामाजिक सञ्जाल, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking

तपाईको कमेन्ट लेख्नुहोस्