उच्च रेकर्ड बनाउँदै थपिए ५ हजार ८ कोरोना संक्रमित, काठमाडौं उपत्यका उच्च जोखिममा

काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।
काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा २ हजार ६७२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार एक सय, भक्तपुरमा २ सय ३ र ललितपुरमा ३ सय ६९ जना संक्रमित थपिएका हुन् । नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३० हजार ८ सय १८ रहेको छ । २४ घण्टामा १ हजार २२९ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना जित्नेहरुको संख्या ७४ हजार २५२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६ सय १४ पुगेको छ ।
सक्रिय संक्रमितमध्ये १७ हजार १६४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयको तथ्यांक छ । सबैभन्दा बढी बाग्मती प्रदेशमा ११ हजार २ सय ६ जना होम आइसोलेसनमा छन् ।
क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #breaking
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्