Techie IT
Mission Khabar

डा. गोबिन्द केसी र सरकारबीच सहमति भएपछि नेपाल चिकित्सक संघको आन्दोलन स्थगन


काठमाडौं । नेपाल चिकित्सक संघले घोषणा गरेका आन्दोलनका सबै कार्यक्रमहरु फिर्ता लिइएको छ । सरकार र डा. गोविन्द केसीबीच ८ बुँदे सहमति भएपछि चिकित्सक संघले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको हो ।

संघका महासचिव वद्री रिजालले विज्ञप्ति जारी गर्दै संघका आजीवन सदस्य प्राध्यापक डा. गोविन्द केसीको १९ औं आमरण अनशनको समर्थन तथा सरकारलाई दबाब दिन गरिएको आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जानकारि दिएका हुन् । डा. केसीको जीवन रक्षाका निम्ति सरकार गम्भीर नभएको भन्दै संघले आइतबार आकस्मिक र कोभिड–१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने निर्णय गरेको थियो ।

शनिबार मध्यराति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले आइतबार अनशन तोडेका थिए ।


क्याटेगोरी : देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्