कर्णाली प्रदेशका मुख्यमन्त्री शाही संकटमा, संसदीय दलमा पुग्यो अविश्वासको प्रस्ताव

कर्णाली, काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ नेकपाकै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । नेकपाका १८ जना सांसदहरुले आइतबार हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन् ।
अविश्वासको प्रस्ताव दर्ता गराउनेहरुमा पूर्वमन्त्री यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ शाहलगायत रहेका छन् । पत्रमा शाही मुख्यमन्त्रीमा निर्वाचित भएसँगै सरकार र संसदीय दलको नेतृत्व प्रभावकारी नभएको आरोप लगाइएको छ। साथै दल र सरकारको काम कारवाहीमा पनि यसको प्रभाव परेको भन्दै जनस्तरमा पार्टी र सरकारको उपस्थिति फितलो देखिएको आरोप शाहीमाथी लगाइएको छ। प्रदेशसभाको संसदीय दलको विधान अनुरुप संसदीय दलको नेता उपर विश्वास नभएकोले अविश्वासको प्रस्ताव दर्ता गराएको उल्लेख गर्दै सांसदहरुले यथासक्य छिटो संसदीय दलको बैठक आयोजना गरी मार्ग प्रशस्त गर्न माग गरेका छन् ।
कर्णालीमा ४० प्रदेश सभा सदस्यमध्ये ३३ जना नेकपाका सदस्य छन् । हस्ताक्षर गर्नेमा पूर्व एमालेका १३ र पूर्वमाओवादीका ५ जना सांसद छन् । अविश्वासको प्रस्ताव दुई तिहाईले पास गर्नुपर्ने भएकाले संसदबाटै शाहीलाई हटाउन २७ जनाको मत चाहिन्छ ।
यस्तो छ सांसदहरुको हस्ताक्षरसहितको पत्र
क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश, समाचार
ट्याग : #breaking
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्