Techie IT
Mission Khabar

बहालवाला मन्त्रीसहित भीआईपीमा कोरोना संक्रमण, बढ्दै शहर केन्द्रित जोखिम


काठमाडौं । आइतबार मात्रै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका मन्त्री पोखरेलको पीसीआर परिक्षणको रिपोर्ट पोजेटिभ आएको हो । मन्त्री पोखरेल अहिले पनि अस्पतालमै छन् ।

यसअघि शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबारको पीसीआर परिक्षण नेगेटिभ आएपछि काठमाडौं बाहिर पुगेर फर्किनुभका मन्त्री भट्टराईले शरिबार गरेको पीसीआर परिक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । आइतबार नै नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री सुनिल बहादुर थापा कोरोना भाइरस संक्रमण पुष्टिभएपछि अस्पताल भर्ना भएका छन् । पाँच दिनदेखि ज्वरो आउने क्रम नरोकिएपछि ह्याम्सअस्पताल भर्ना गरिएको हो । पूर्वमन्त्री थापा, उनकी श्रमती र चालकलाई कोरोना पोजेटिभ देखिएको छ । करिब एक साता अघि मात्रै नेपाली काँग्रेसका नेता एवं पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापा, नेता अर्जुननरसिंह केसी लगायतका केही नेताहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

प्रधानमन्त्रीका तीन सल्लाहकारसहित बालुवाटारमा कार्यरत ७३ बढी कर्मचारी र सुरक्षाकर्मीमा कोरोना देखिएको थियो । तीन सल्लाहकारले कोरोना जितेपनि अन्य आइसोलेसनमै छन् । योबीचमा काठमाडौं र ललितपुर महानगरका मेयर, बुढानिलकण्ठ नगरपालिकाका मेयर, चन्द्रगिरी नगरपालिका ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर, लगायत थुप्रै स्थानीय तहका जनप्रतिनिधि समेत कोरोना संक्रमित बनेका छ । यता लाखौँ नागरिक कोरोनाबाट प्रताडित बन्दा समेत सरकार, दलका नेताहरु कोरोना रोकथाममा कसरी एक भएर अघि बढ्ने भन्नेमा गम्भिर देखिएका छैनन ।


क्याटेगोरी : जनप्रतिनिधि, देश / प्रदेश, शिक्षा / स्वास्थ्य
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्